दफा
सपुर्दगी गर्न सकिने अवस्था

कुनै विदेशी राज्यले फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगीको लागि नेपाल सरकार समक्ष अनुरोध गरेमा नेपाल सरकारले देहायका अवस्थामा त्यस्तो अभियुक्त वा कसूरदारलाई यस ऐनको अधीनमा रही त्यस्तो राज्य समक्ष सपुर्दगी गर्न सक्नेछः–

(क) सपुर्दगी सन्धि भएको,

(ख) दफा ४ बमोजिमको सपुर्दगी गर्न सकिने कसूर भएको ।